यातायात ब्यवसायमा बीमाको आवश्यकता, महत्व, समस्या तथा सम्भावना
(क) पृष्ठभूमी
नेपालमा सवारी साधनको प्रयोग वि।सं। १९९६ साल देखि भएको हो । यातायातको विकासको क्रममा खासगरी त्रिभुवन राजपथको निर्माण पछि मात्र देशको राजधानी लगायतका क्षेत्रमा सवारी साधनको प्रयोग शुरु भयो । सडकको विस्तारसंगै निजी तथा भाडाका सवारीको आगमन शुरु भएको थियो ।
यातायातको साधनहरु मध्ये इन्जिनको सहायताले सडकमा चल्ने साधानलाई (मोटर) भनिन्छ । आधुनिक बैज्ञानिक युगमा यसले अग्रस्थान ओगटेको छ । मानिसहरुको यातायातको चाहना र आवश्यकतालाई सहज रुपमा पुरा गर्ने एक मात्र मितव्ययी साधन हो मोटर ।
कुनै पनि देशको विकासको लागि यातायातको सुविधा हुनु अति आवश्यक हुन्छ । जुन देशको यातायात, संचार लगायत भौतिक पूर्वाधारको विकास भइसकेको हुन्छ त्यस देशको अर्थतन्त्र पनि समृद्ध भएको देखिएको छ । यातायात भन्ने वित्तीकै जल यातायात, स्थल यातायात तथा हवाई यातायात भन्ने बुझिन्छ ।
यस लेखमा स्थल यातायात अर्थात मोटर बीमा र उक्त मोटर बीमामा भएका जोखिमहरुलाई बीमाले कसरी जोखिम वहन गर्न सक्छ भन्ने विषयलाई समावेस गरिएको छ । नेपालमा निर्जीवन बीमा ब्यवसाय मध्येको सबैभन्दा ठुलो मोटर बीमा ब्यवसाय हो । यसले करिव ३५ प्रतिशत भन्दा बढि बजार हिस्सा ओगटेको छ । सवारी साधनहरुको आवत जावत गर्ने क्रममा विभिन्न खालका जोखिमहरुको कारणले मानव क्षति, सवारी साधनको क्षति र तेश्रो पक्ष सम्पत्तिको क्षति हुने गरेको पाइन्छ । यस्ता जोखिमहरुबाट हुन सक्ने सम्भावित हानिनोक्सानीको जोखिम हस्तान्तरण गर्न बीमाको आवश्यक रहेको हुन्छ । यातायात क्षेत्रमा दुर्घटनाबाट ठुलो धनजनको क्षति हुने र त्यस्ता हानिनोक्सानी वापतका रकम भुक्तानी गर्ने क्रममा यातायात ब्यवसायीहरु पलायन हुनबाट बचाउनका लागि नेपाल सरकारले यातायात ब्यवसायमा सवारी साधन तथा तेश्रो पक्ष प्रतिको दायित्व बीमा अनिवार्य गरेको छ । त्यसैले कुनै पनि सवारी साधनको तेश्रो पक्ष प्रतिको दायित्व बीमा गरेपछि मात्र सवारी साधनको बीलबुक नवीकरण हुने ब्यवस्था समेत रहेको छ । यातायात ब्यवसायमा मात्र नभई जुनसुकै ब्यवसायका लागि पनि बीमालाई मेरुदण्डको रुपमा लिने गरेको पाइन्छ। विश्वको बीमा बजारको अभ्यासलाई हेर्ने हो भने कुनै पनि उत्पादित वस्तु लगायत मानिसको जीवनको स्वस्थ्य उपचार, दुर्घटना बीमालाई अनिवार्य गरेको पाइन्छ । विश्वको परिवेसलाई हेर्दा बीमा नगरी कुनै पनि उत्पादित वस्तु बजारमा विक्रि गर्न सकिदैन ।
त्यसैले मानव समुदायमा आइपर्ने सम्पूर्ण जोखिमको सुरक्षण स्वयमले वहन गर्न सक्दैन र त्यस्ता जोखिमहरुलाई बीमा कम्पनीहरु मार्फत हस्तान्तरण गर्ने प्रचलन रहेको छ । वास्तवमा भन्ने हो भने जोखिम हस्तान्तरण गर्ने माध्यम नै बीमा हो । कुनै पनि वस्तु वा सम्पत्तीको बीमा हुनको लागि जोखिम अनिवार्य रुपमा हुनु पर्दछ, जोखिमको साथसाथै बीमा गरिएको सम्पत्तिलाई मूल्यमा मापन गर्न सकिने र जोखिमको कारणले दुर्घटना घट्न पनि सक्ने वा नसक्ने खालको सम्पत्तीको मात्र बीमा गर्ने प्रावधान रहेको छ ।
सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को परिच्छेद ८ को ब्यवस्था बमोजिम देहायको बीमा सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्ने ब्यवस्था गरेको छ ।
–सवारी धनी वा ब्यवस्थापकले तोकिए बमोजिम प्रत्येक सवारीको बीमा गराउनु पर्नेछ । साथै बीमा नगरेको सवारीको दर्ताको प्रमाणपत्र नवीकरण गरिने छैन र त्यस्तो सवारी सार्वजनिक सवारी भए त्यस्तो सार्वजनिक सवारीलाई यातायात सेवा सञ्चालन गर्न पञ्जीकृत गरिने र बाटो इजाजतपत्र प्रदान गरिने छैन ।
–यातायात सेवामा संलग्न प्रत्येक सार्वजनिक सवारीको चालक, परिचालक, सुरक्षाकर्मी तथा सो सवारीमा काम गर्ने अन्य कर्मचारीको तोकिएको रकमको दुर्घटना बीमा सवारी धनी वा ब्यवस्थापकले गर्नु पर्नेछ ।
–यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा ब्यवस्थापकले यात्रा गर्ने प्रत्येक यात्रीको तोकिएको रकमको दुर्घटना बीमा गराउनु पर्नेछ।
–यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा ब्यवस्थापकले यात्रा गर्ने प्रत्येक यात्रीको यात्रीगुण्टाको तोकिएको रकमको बीमा गराउनु पर्नेछ।
–सवारीको दुर्घटनाबाट कुनै तेश्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनका लागि सवारी धनी वा ब्यवस्थापकले तोकिएको रकमको तेश्रो पक्षको बीमा गराउनु पर्नेछ ।
उल्लेखित ब्यवस्थाको आधारमा नेपाल बीमा प्राधिकरणबाट मोटर बीमादर सम्बन्धी निर्देशिका जारी भई लागू गरिएको छ र सोही बमोजिम सडक यातायात अन्तरगत सवारी साधन बीमालेखले देहायका जोखिमहरुको रक्षावरण गरिएको छः
–आगलागि, चट्याङ्ग, सवारी साधन वा सोमा जडित पार्टपूर्जाको बिष्फोटन वा स्वजलन,
–भूकम्प,
–बाढीरडुवान,
–पहिरो र भूस्खलन,
–आँधीबेहरी, असिना, हिउँ वा तुषारो,
–आकस्मिकरदुर्घटनाजन्य वाह्य कारणहरु,
–सवारी साधनको प्रयोगबाट भएको ह्यसको परिणाम स्वरुप वा यान्त्रिक वा विद्युतीय अवरोधरअसफलतारटुटफुटको कारणले सवारी साधन दुर्घटना भई भएको क्षति र हानि–नोक्सानी
–चोरी, सेंधमारी वा नकवजनी,
–सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभेटरमा ओसार पसार गर्दा ।
माथि उल्लेखित जोखमहरुको कारणबाट सवारी साधन दुर्घटना भई हानी नोक्सानी भएमा त्यस्तो हानिनोक्सानीको क्षतिपूर्ति बीमाबाट प्राप्त गर्न सकिन्छ अर्थात बीमा गरिएको सवारी साधन दुर्घटना भई क्षति भएमा वा सो सवारी साधनले तेश्रो पक्ष प्रति पुर्याएको सम्पत्तीको क्षतिको बीमा दावी रकम बीमा कम्पनीले प्रदान गर्ने विश्वास दिएको हुन्छ ।
सावरी साधन बीमालेख अन्तर्गत यस्ता जोखिमहरु पनि हुन्छन जसको कारणबाट सवारी साधनको क्षति वा हानि९नोक्सानी भएमा कम्पनीहरुले बीमा दावी भुक्तानी नगर्ने अवस्था पनि हुन्छन् । त्यसैले सवारी साधन बीमालेखमा रेहका अपवादहरु अर्थात बीमा कम्पनीहरुले वहन नगर्ने जोखिमहरु देहाय बमोजिम रहेकाछन् ।
–सवारी साधनको प्रयोगबाट भएको ह्यस, यान्त्रिक वा विद्युतीय अवरोधरअसफलतारटुटफुट
–सवारी साधन दुर्घटना नभएको अवस्थामा भएको टायररट्यूबको क्षति,
–सवारी साधनको चोरी नभएको अवस्थामा भएको पार्टपूर्जा मात्रको चोरीरसेंधमारीर नकवजनी,
–चालकले मादकपदार्थ वा लागूपदार्थ सेवन गरेको कारणले भएको हानी–नोक्सानी,
–सवारी साधनप्रति बीमितको हकहित परिवर्तन वा समाप्त भएको पैतीस ९३५० दिन पछि भएको हानि–नोक्सानी ।
सवारी साधनको बीमा भएतापनि उल्लेखित कारणबाट सवारी साधन वा तेश्रो पक्षप्रतिको दायित्व श्रृजना भएमा बीमा कम्पनीले दावी भुक्तानी गर्दैन यसका लागि सडक यातायात क्षेत्रका बीमितहरुले यस विषयलाई ध्यान पूर्वक विचार गरिएमा भोलिका दिनमा पर्न सक्ने समस्याबाट बच्न सकिन्छ ।
सवारी साधन बीमालेखले कस्ता जोखिमहरुको कारणले सवारी साधन दुर्घटना हुँदा क्षतिपूर्ति उपलब्ध गराउँछ र कस्ता जोखिमहरुको कारणले सवारी साधन दुर्घटना हुँदा क्षतिपूर्ती दिन मिल्दैन भन्ने विषयमा चर्चा गरेका छौ । तर सावारी साधन दुर्घटना भइसकेपछि दावी भुक्तानी लिनका लागि देहायका कागजातहरु समावेस गर्नु पर्ने हुन्छ ।
–बीमा कम्पनीलाई जानकारी गराउनु पर्ने ।
–सक्कल बीमालेख ।
–घट्ना मुचुल्का ।
–सर्भे प्रतिवेदन ।
यसरी सवारी साधन दुर्घटना भएपछि जुन कम्पनीबाट बीमा गराएको छ सो कम्पनीलाई घटनाको विषयमा मौखिक तथा लिखित रुपमा यथार्थ जानकारी दिनु पर्ने हुन्छ । यसरी कम्पनीले दुई लाखसम्मको क्षति भएको अवस्थामा सो घटनाको मूल्याकंन गर्न कर्मचारीलाई नै खटाउँछ सक्छ भने सो भन्दा माथीको क्षतिको मूल्याकंन गर्न सर्भेयरलाई खटाउनु पर्ने हुन्छ । कुनै पनि बीमितले बीमा दावी भुक्तानी रकम लिनका लागि सक्कल बीमालेख जुन कम्पनीले शुरुमै दिइएको हुन्, घट्ना मुचुल्का दुर्घटनाका विषयमा विस्तृत जानकारी गराउने कागजात हो जुन कागजातले कुन समयमा, कुन ठाउँमा र कसरी दुर्घटना भएको छ भन्ने विषयमा जानकारी गराउँदछ । आदी कागजात पेश गर्नु पर्ने हुन्छ ।
त्यसैगरी बीमा दावी भुक्तानी लिनका लागि प्रहरी प्रतिवेदन थप कागजात समेतको आवश्यक पर्दछ । प्रहरी प्रतिवेदन सरकारी दस्तावेज हो । जसले घटनाका विषयमा शुरुमै टिपोट गरेको हुन्छ र सोहि बमोजिमको प्रतिवेदन उपलब्ध गराउने काम गरेको हुन्छ । सर्भे प्रतिवेदन बीमकले दुर्घटनाका कारणबाट क्षति भएको सम्पत्तिको मूल्याकंन गरि बीमकलाई पेश गरिएको कागजात हो । यस प्रतिवेदनको आधारमा बीमकले बीमितलाई बीमा दावी भुक्तानी गरेको हुन्छ ।
बीमा ऐन बमोजिम सर्भेयरले १५ दिन भित्र बीमा दावी सम्बन्धी मूल्याकंन गरी प्रतिवेदन पेश गर्नु पर्ने ब्यवस्था रहेको छ भने बीमकले सर्भे प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र दावी भुक्तानी गर्नु पर्ने कानूनी ब्यवस्था रहेको छ ।
जीवन तथा निर्जीवन बीमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले त्यसको कारण समेत खोली बीमा प्राधिकरणमा उजूरी गर्न सक्नेछ ।त्यसरी उजूरी पर्न आएमा प्राधिकरणले सम्बन्धित बीमकलाई पन्ध्र दिनभित्र कारण खुलाई लिखित जवाफ पेश गर्न आदेश दिन सक्नेछ । सो सम्बन्धमा बीमकको लिखित जवाफ पेश हुन आएमा प्राधिकरणले जाँचबुझ गरी आवश्यक भए बीमक र बीमितसंग अन्य कुरा बुझ्न वा अन्य आवश्यक कागजात तथा विवरण पेश गर्न आदेश दिन सक्नेछ । तर, लिखित जवाफ वा आवश्यक कागजात वा विवरण पेश हुन नआएमा प्राधिकरणले त्यस्तो उजूरी उपर एकतर्फी निर्णय गरी सोको जानकारी सम्बन्धित बीमकलाई दिनु पर्नेछ । प्राधिकरणले जाँचबुँझ गर्दा यदि बीमकले दायित्व निर्धारण गर्नु पर्नेमा दायित्व निर्धारण नगरेको देखिएमा बीमकलाई दायित्व निर्धारण गर्न वा पुन दायित्व निर्धारण गर्न आदेश दिन सक्नेछ । त्यसरी दायित्व निर्धारण गरेपश्चात बीमकले सम्बन्धित बीमितलाई निर्धारित दायित्व वापतको रकम भुक्तानी दिनु पर्नेछ ।
(ख) यातायात क्षेत्रमा बीमाको महत्व
सडक यातायात क्षेत्र अति समवेदनशिल क्षेत्रको रुपमा रहेको छ । नेपालमा आर्थिक वर्ष २०७९।८० मा २३,५९७ वटा सडक दुर्घटनाको कारणबाट २,३७६ जनाको मृत्यु भएको देखिन्छ । यस क्षेत्रको सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउनका लागि बीमाको अति आवश्यक रहेको हुन्छ । यदि बीमाको प्रावधान नभएको भए कुनै पनि वस्तु तथा सेवाहरु सिमित मात्रामा उत्पादन तथा विक्रि वितरण हुने सम्भावना रहन्थ्यो होला । विशेषगरी, यातायात क्षेत्रमा रहेको विविध किसिमका जोखिमलाई न्यूनीकरण गर्न बीमाको अहम भूमिका रहेको छ । त्यसैले सडक यातायात क्षेत्रमा बीमाको देहाय बमोजिमका महत्व रहेकाछन् ।
–सवारी साधनमा हुन सक्ने सम्भावित हानीनोक्सानीको सुरक्षण प्रदान गर्ने ।
–सवारी साधनको जोखिमलाई एक आपासमा बाँडफाँड गरी बीमा दावी परेमा दावी भुक्तानी गर्ने ।
–यदि बीमा गरिएको सवारी साधनको हानि–नोक्सानी भएमा बीमा योजनामा उल्लेख भए बमोजिमको शर्त तथा सुविधा अनुसारको क्षतिपूर्ति प्रदान गर्ने ।
–बीमा गरिएको सम्पत्ति वा व्यक्तिको कुनै कारणवस हानि९नोक्सानीरक्षति हुन गएमा सो ब्यक्ति तथा सम्पत्तिको सुरक्षाको प्रत्याभुति दिने।
–यदि बीमा गरिएको सम्पत्तीको दुर्घटनाको कारणबाट क्षति हुन गएमा अरु ब्यक्ति तथा संस्थाहरुसंग निर्भर हुनु नपर्ने।
–सवारी साधनको तेश्रो पक्ष प्रतिको बीमा नगराएमा बीलबुक समेत नवीकरण नहुने ब्यवस्था रहेकोले बीमाको महत्व रहेको ।
–सम्पूर्ण सवारी साधनहरुको सम्भाव्य हानिनोक्सानीको सुरक्षण बीमा मार्फत हुने हुँदा यातायात क्षेत्रमा बीमाको महत्वपूर्ण योगदान रहेको ।
माथि उल्लेखित महत्वको साथसाथै सडकमा सवारी साधनको दुर्घटना हुँदा सवारीधनीले त्यसको क्षतिपूर्ति नदिएसम्म सवारी साधन चलाउन नदिने, हुलदंगा, हडताल आदी गर्ने प्रचलनलाई तेश्रो पक्ष प्रतिको दायित्व बीमा अनिवार्य रुपले गर्नु पर्ने ब्यवस्थाको कारणले गर्दा त्यस्ता नकारात्मक प्रविधिहरु हट्दै गएको पाइन्छ । त्यसैले नेपालको यातायात क्षेत्रको विकास र विस्तार हुनुमा बीमाले खेलेको भूमिका सकारात्मक रहेको र यस क्षेत्रको विकासमा बीमा क्षेत्रको योगदान महत्वपूर्ण रहेको देखिन्छ ।
(ग) यातायात क्षेत्रमा देखिएका बीमा सम्बन्धी समस्याहरु
विशेष गरी सडक यातायात क्षेत्रमा सडकको भौतिक पूर्वाधारहरु ब्यवस्थित नहुनाले सडक दुर्घटना बढी हुने, सवारी साधनहरु पुरानो भएको र समयमै मर्मत तथा सम्भार नगरेकोले सडक दुर्घटना हुने, चालकले सवारी साधन तिब्र गतिमा चलाउने, ओभरटेक गर्ने साथसथै यात्रीको गल्तीको कारणबाट सडक दुर्घटना हुने र त्यसबाट ठुलो धनजनको क्षति हुने गरेकोले सडक यातायातमा धेरै समस्याहरु देखिएका छन् । माथि उल्लेखित सडक दुर्घटनाको कारणबाट हुने हानी९नोक्सानीबाट बीमा कम्पनीले ठुलो दावी रकम भुक्तानी गर्नु परेको तथ्याङ्कले देखाएको छ । सडक यातायात क्षेत्रमा रहेका बीमाका समस्याहरु देहाय बमोजिम छन् ।
–सवारी साधन बीमालेख समय सापेक्ष परिमार्जन नभएकोले शर्त तथा सुविधामा थप गर्नु पर्ने देखिएको ।
–बीमितले प्रस्ताव फारम तथा ग्राहाक परिचयपत्र फाराम पूर्ण रुपमा नभर्ने गरेको कारणले यथार्थ विवरण प्राप्त नहुने त्यसबाट दावी भुक्तानी समेतमा समस्या देखिएको।
–मोटर बीमा अनिवार्य बीमा भएकोले उक्त सवारी साधनको बीमा नगरी चलाउन हुँदैन भन्ने विषयमा सम्बन्धित पक्षलाई जानकारी नभएको ।
–बीमितले सवारी बीमालेखमा भएका शर्त तथा सुविधाहरुको विषयमा जानकारी लिने नगरेको ।
–सवारी साधनको बीमाङ्क निर्धारण गर्दा बढीरकम गर्ने गरेको ।
–सर्भेयरले क्षतिमूल्याङ्कन गर्दा बढीरकम गर्ने –सर्भेयरले ऐनमा तोकिएको समय भित्र सर्भे प्रतिवेदन नबुझाएको ।
–बीमितबाट बीमा दावी भुक्तानीको लागि पेश गर्नु पर्ने आवश्यक कागजात समयमै पेश नगरेको कारणले बीमा दावी भुक्तानीमा ढिलाई भएको ।
–बीमा कम्पनीले ऐनमा तोकिएको समय भित्र दावी भुक्तानी नगरेको ।
–सवारी साधनको क्षति भई मर्मत सम्भार गर्दा खर्च गरेको रकम भन्दा बीमा कम्पनीबाट प्राप्त हुने दावी रकम कम भुक्तानी गर्ने गरेको ।
–यातायात क्षेत्रमा रहेका सवारी धनी, चालक, परिचालक तथा यात्रुहरुमा बीमा शिक्षाको कमि रहेको ।
सडक यातायात क्षेत्रमा भएको प्रविधि तथा प्रणालीको विकाससंगै सोही अनुरुप सुदृढ र प्रभावकारी रुपमा संचालन भइरहेको हुन्छ । यसरी विकासको क्रम बढ्दै जाँदा त्यतिनै समस्या तथा जटिलताहरु पनि आउन सक्छ ।यसैक्रममा सडक यातायात क्षेत्रमा पनि थुप्रै समस्याहरु देखिएकाछन् त्यसलाई समाधान गर्नका लागि सरकार, यातायात ब्यवसायी संघहरु, बीमक तथा बीमा प्राधिकरणको संयुक्त सहकार्य तथा समन्वयमा ति समस्याहरुलाई समाधान गर्न पनि सकिनेछ ।
(घ) यातायात क्षेत्रमा देखिएका बीमाको सम्भावनाहरु
सडक यातायात क्षेत्रलाई प्रभावकारी रुपमा संचालन र ब्यवस्थापन गर्नका लागि बीमाले ठुलो योगदान गरेको हुँदा बीमालाई यस क्षेत्रको मेरुदण्ड ९ब्ल्याक बण्ड० को रुपमा हेर्न सकिन्छ । यदि बीमाको प्रावधान नभएको भए यातायात ब्यवसाय यसरी विकास र विस्तार हुन सक्दैनथ्यो होला। त्यसैले यस क्षेत्रको विकासमा बीमाले पुर्याएको सहयोगको कारणले अझ बढि गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहा गर्नका लागि यातायात क्षेत्रले बीमाको सदुपयोग गर्न नसकेको हुँदा देहाय बमोजिमका सम्भावनाहरुको अभ्यासबाट यातायात क्षेत्रको विकास र विस्तारमा टेवा पुग्ने देखिन्छ ।
–सडक यातायात क्षेत्रको जोखिमको दायरा बढाउन सकिने ।
–नेपालमा दर्ता भई आएका तथा संचालनमा रहेका सम्पूर्ण सवारी साधनहरुलाई बीमाको दायरमा ल्याउन सकिएमा बीमादरमा पुनरावलोकन गर्न सकिने।
–सवारी साधनमा यात्रा गर्ने यात्रुहरुसंग भएको वहुमुल्य सामानको बीमा नभएकोले सोको बीमा गर्न सकिने ।
–सडक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज तथा ब्यागेजहरुको बीमा गर्ने प्रचलन नरहेकोले सोको बीमा गर्न सकिने ।
–ट्रान्सपोर्टबाट सामान ओसार पसार गर्दा सोको बीमा गर्ने प्रचलन नरहेकोले सोको बीमा गर्न सकिने ।
सडक यातायात क्षेत्रमा हुने जोखिमलाई बीमा कम्पनीले स्वीकार गरी सुरक्षण प्रदान गर्नुका साथै यातायात क्षेत्रको माग बमोजिमका बीमालेखहरु तयार गरी बीमा सेवा दिन तथा सरल र सहज रुपमा बीमा दावी भुक्तानी गर्न सकिने हुँदा सडक यातायात क्षेत्रको विस्तार हुने र यातायात क्षेत्रले पनि गुणस्तरीय सेवा प्रदान गर्न सकिने सम्भावनाहरु रहेकाछन् ।
अन्तमा, वास्तवमा भन्ने हो भने सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पिडित पक्षलाई क्षतिपूर्ती दिलाउन र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन यातायात ब्ववस्था ऐनले समेत समेटेको छ । बीमाले विभिन्न क्षेत्रको जोखिम वहन गरि सुरक्षण प्रदान गरे जस्तै यातायात क्षेत्रको विस्तार र विकासका लागि बीमा सेवाको आवश्यकता तथा महत्व रहेको छ । त्यसैगरी यातायात क्षेत्रमा देखिएका समस्याहरुलाई सरकार, यातायात ब्यवसायी, बीमा कम्पनी तथा बीमा प्राधिकरणको सहकार्य र समन्वयबाट समाधान गरी यस क्षेत्रको प्रर्वद्धनका लागि बीमा क्षेत्रको पनि अहम भूमिका रहेकोले यातायात क्षेत्रको विकास र विस्तार हुने सम्भावनाहरु प्रसस्त रहेको छ ।
(नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सव विशेषांक २०८१, बीमा समाचार र विचारबाट साभार गरिएको)