जोखिम भएका वित्तीय क्षेत्रको सघन सुपरीवेक्षण गर्ने घोषणा
१५ जेष्ठ २०८१, मंगलवार १९:०८
काठमाडौं। सरकारले अधिक जोखिम भएका वित्तीय क्षेत्रको सघन सुपरीवेक्षण गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा व्यवसाय, रेमिट्यान्स र बैंकिङ क्षेत्रमा सघन सुपरीवेक्षण गर्ने घोषणा गरेका हुन् ।