अन्ततः रबि लामिछानेमाथी बन्यो संसदीय छानबिन समिति
१५ जेष्ठ २०८१, मंगलवार १९:०२
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न विशेष संसदीय समिति बनेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले समिति गठन गरेको हो ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन तथा समितिका सभापति र सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव पारित भएको छ ।
समितिमा कांग्रेस र एमालेबाट दुईदुई तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एकएक जना सदस्य रहेका छन् ।
समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा (सभापति) र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिलाई तीन महिनाको अवधि दिइएको छ ।