मार्सी धानमा सकारको ध्यान
१५ जेष्ठ २०८१, मंगलवार १७:०८
काठमाडौं । मार्सी धानको विकास र विस्तारको लागि सरकारले विशेष रुपमा जोड दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणको क्रममा आगामी वर्ष मार्सी धानको विकास र विस्तार गरिने घोषणा गरेका हुन् ।
जुम्लामा मात्र फल्ने मार्सी धान १ हजार ४ सय हेक्टरमा लगाइन्छ । औसतमा प्रतिहेक्टर १ दशमलव ८ टन मार्सी उत्पादन हुन्छ । बर्सेनि २६ करोड रुपैयाँ बराबरको धान फल्छ ।
मार्सी धानको खेतीका लागि पर्याप्त पानी चाहिन्छ । जुम्लामा १ सय ८० दिनमा धान पाक्छ । जुम्ली मार्सी धानको खेती चैत महिनामा सुरु भएर कात्तिक महिनामा फल भित्र्याइन्छ ।