न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आवद्ध गराउँदै लगिने
१५ जेष्ठ २०८१, मंगलवार १६:४६
काठमाडौं । सरकारले लघुबीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । न्युन आय भएका तथा विपन्न परिवारहरुलाई बीमा सेवामा समावेश गराउने उदेश्यले लघुबीमा कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आवद्ध गराउदै लगिने बतएका छन् ।
सोही कुरालाई आत्मसाथ गर्दै बीमा प्राधिकरणले पनि लघुबीमालाई प्राथमिकताका साथ अगाडी बढाइरहेको छ ।