स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने, नागरिकको पहुँचलाई सहज बनाइने
१५ जेष्ठ २०८१, मंगलवार १६:२३
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आम नागरिकहरुको स्वास्थ्य सेवालाई सरल र सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने बताएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी नागरिकको पहुँचलाई बढाउने बताएका छन् ।
साथै, उनले नागरिकहरुको स्वास्थ्य उपचारको लागि विभिन्न योग कक्षा सञ्चालन गरिने तथा स्थानीय तहहरुको सहकार्यमा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए ।