सरकारले सुनको सीमा विस्तार गर्ने
१५ जेष्ठ २०८१, मंगलवार १५:३४
काठमाडौँ । सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए । अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो ।