महालेखा परिक्षकको प्रतिवेदन आज सार्वजनिक हुँदै, ३ बजे राष्ट्रपतिलाई बुझाउने
१३ जेष्ठ २०८१, आईतवार १३:५५
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।८० को लेखापरिक्षण प्रतिवेदन आईतबार सार्वजनिक गर्ने भएको छ ।
कार्यालयले उक्त कार्यको लागि महालेखा परिक्षक तोयम रायासहितको उच्च पदस्थ लेखापरिक्षण अधिकारीहरुले आज अपरान्ह ३ बजे राष्ट्रपतिलाई सो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपश्चात लेखापरिक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गर्ने छ ।