मंगलबार दिउँसो १ बजे बजेट भाषण
१३ जेष्ठ २०८१, आईतवार १३:२७
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका हुन् ।
उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।
नाराबाजीकाबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित