आत्महत्या गरेका देवकोटालाई ३५ दिन भित्र उपस्थित हुन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सुचना

११ जेष्ठ २०८१, शुक्रबार १६:०८

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च ब्यवस्थापकहरुको चर्को दवावसहित मानसिक तनाव दिएका कारण गत बर्ष असोजमा आत्महत्या गरेका निरन्जन देवकोटालाई बैंकले ३५ दिन भित्र उपस्थित हुन सुचना जारि भएको छ । बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र कार्यालयमा अनुपस्थित हुनुको कारण र प्रमाण सहित उपस्थित हुन भनेको हो ।

बैंकको स्वीकृति विना बैंकलाई कुनै जानकारी नदिई कार्यालयमा अनुपस्थित रहि हालसम्म पनि बैंकमा गैर हाजिर रहि सम्पर्कमा नआउनु भएकाले एवं बैंकले खोजि गर्दा समेत फेला पार्न नसकेकाले सार्वजनिक सुचना जारि गरिएको छ । तत्कालीन मेगा बैंक हेटौडा शाखाका प्रमुख निरन्जन देवकोटाले त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेको भन्ने समाचार प्रकाशित भएको थियो ।

निराजन देवकोटाले धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता समेत खोलेर त्रिशली नदिमा हाम फालेको र मंगलबार दिनभर खोज्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको थियो ।

 

इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको निर्देशन

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*