धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो
११ जेष्ठ २०८१, शुक्रबार १४:२०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ ।
विमानस्थल धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो। तर खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ ।
धावनमार्गमा खाल्डो परेपछि करिव १ घण्टा उडान अवतरण बन्द भएको थियो ।