बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भिर समस्या उत्पन्न भएपछि बिवाईडी गाडीको अन्तर्राष्ट्रिय बजार नराम्ररी प्रभावित भएको छ । हाल नेपालमा तीव्र गतिमा बिक्री भइरहेको बिवाईडी गाडी युरोपका कैयौं देश र मध्यपूर्वको दुबई तथा अन्य एसियाली देशहमा भने बिक्री ह्वात्तै घटेको छ । जसका कारण हजारौं गाडी वयर हाउसमा थन्किएका छन् । चर्चित अन्तर्राष्ट्रिय सञ्चार माध्यम वालस्ट्रिट जर्नलका अनुसार बिवाईडीको गाडीमा लजिष्टिक समस्या र म्याग्नुफ्याक्चरर समस्या दुवै उठेका छन् । जसबाट ढुवानी गरेर सम्बन्धित देशमा पुर्याउन नपाउँदै गाडी कुच्चिएर बिक्री गर्न समस्या उत्पन्न भएको उल्लेख छ । अहिले अन्तर्राष्ट्रिय अटो बजारमा बिवाईडिको गुणस्तर माथि प्रश्न उठि रहेको छ । युरोप, मध्यपूर्व र दक्षिण एसियाली देश जापानमा समेत बिवाईडीका विभिन्न मोडलका गाडीहरुमा गुणस्तरको प्रश्न उठेको छ । चिनियाँ गाडी बिवाईडीका विभिन्न मोडलहरू गुणस्तर सम्बन्धी समस्याले ग्रस्त छन् वाल स्ट्रिट जर्नलले आफ्नो पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । बिवाईडीमा पछिल्लो समय केही नयाँ अबरोधका कारण त्यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारलगायत चीनमा समेत परेको छ । ‘जापानमा अवतरण गरिएका सवारी साधनहरूमा कुच्चिएका थिए र युरोपमा आइपुगेका गाडीहरूमा मोल्ड थियो’, रिपोर्टमा भनिएको छ । सो समस्याका कारण थाइल्याण्डका बिक्रेता पनि अप्ठेरोमा परेका छन् । गुणस्तरकै करण चिनियाँ ईभी बिवाईडीको बिक्रीमा भारी गिरावट देखिएको जनाइएको छ । बिवाईडीको गुणस्तरमा आएको समस्याले युरोपका गोदाममा बिवाईडी हजारौं … Continue reading बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्