राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त
१० जेष्ठ २०८१, बिहीबार १२:०८
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन् ।
यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका थिए । श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल भएपछि उक्त पद रिक्त थियो । पाँच जना स्र्टलिष्टबाट उनलाई छनोट गरिएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम को जिम्वेवारी तोकिएको थियो ।