कैलाश सिरोहिया दोहोरो नागरिकता प्रकरणः ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

९ जेष्ठ २०८१, बुधबार १५:२७

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो । उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।

सोही क्रममा धनुषा प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*