सम्पत्ति शुद्धिकरणमा बीमा प्राधिकरणको कडाई, कम्पनीले जोखिम मूल्यांकन प्रतिवेदनदेखि शंकास्पद ग्राहकसम्म पहिचान गनुपर्ने
काठमाडौं। नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई कडाई गर्ने भएको छ ।
बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी निर्देशन, २०८१ जारी गरेको हो ।
बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण (मनि लाउन्उडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ प को उपदफा (२)ं तथा बीमा ऐन, २०७९ को दफा ५ को खण्ड(घ) र दफा १६६ बमोजिमको अधिकार प्रयाग गरी निर्देशन जारी गरेको जनाएको छ।
नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी निर्देशिकाले बिशेष गरी ग्राहक पहिचान र शंकास्पद कारोबारको बिषयलाई बढी केन्द्रित गरेको छ।
साथै परिपालना अधिकृत अनिवार्य गरिएको छ भने बीमा कम्पनीहरुलाई जोखिम मूल्यांकन प्रतिवेदन तयार गर्न समेत निर्देशन दिएको छ।
जसमा बीमा प्राधिकरणले ग्राहकको पहिचान तथा सम्पृष्टि, उच्च पदस्थ व्यक्तिको पहिचान गर्दा थप उपाय अवलम्बन गनुपर्ने, वास्तविक धनी पहिचान, जोखिम मूल्यांकन प्रतिवेदन तयार गनुपर्ने, बृहत ग्राहकको पहिचान, निरन्तर अनुगमन, खास कारोबार र शंकास्पद कारोबारको प्रतिवेदन र सो व्यवस्था लागू नगरेको खण्डमा प्राधिकरणले दश लाख देखि ५० लाख रुपैयाँसम्म जरिवाना र संस्था खारेजीसम्म गर्न सक्ने व्यवस्था गरेको छ।
साथै यो व्यवस्था कार्यान्वयन अधिकारीले कम्तीमा तीन महिनामा एकपटक ऐन, नियमावली र निर्देशनबमोजिम भए गरेको कामकारबाहीको प्रतिवेदन सञ्चालक समितिमा बुझाउनपर्ने व्यवस्था रहेको छ। साथै आवश्यक परेको खण्डमा संचालक समितिले समिक्षा समेत गनुपर्ने प्रावधान रहेको छ।
साथै एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीलाई संस्थागत क्षमता अभिवृद्धि गर्न समेत निर्देशिकामा उल्लेख गरिएको छ।
6649e1116ed6b_1716117777