नेप्सेमा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको दुई लाख ३१ हजार कित्ता बोनस सूचीकृत
७ जेष्ठ २०८१, सोमबार ११:२०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ५.५० प्रतिशत बापतको २ लाख ३१ हजार कित्ता शेयर नेप्से सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएपश्चात अब दोस्रो बजारका लागि कारोबार योग्य भएको छ ।