कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे पाँच करोड रुपैयाँ जरिवाना

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म लगानीकर्ताले साढे पाँच करोड रुपैयाँ क्लोजआउट बापत जरिवाना तिरेका छन् । सिडिएसका अनुसार लगानीकर्ताले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा क्लोजआउट बापत ५ करोड ४६ लाख ५८ हजार ९८८ रुपैयाँ तिरेका हुन् । बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा क्लोजआउटमा पर्ने गरेका छन् । कति लगानीकर्ताको यस सम्बन्धी ज्ञानको अभाव हुनु र कहिले सिडिएसको समस्याका कारण समेत यस्तो जरिवाना तिर्नु परेको लगानीकर्ता बताउँछन् । अहिले सेयर बजार प्रविधिमैत्री बनेको छ । अधिकांश कारोबार पछिल्लो समय अनलाइन मार्फत भइरहेको हो । सोही कारण पनि पछिल्लो समय सेयर बजार प्रवेश गर्नेहरू दिनप्रति दिन बढ्दै गइरहेको अवस्था छ । बजारमा उत्साहको माहोल हुँदा समेत क्लोजआउटको समस्या भने अझै कम हुन् सकेको छैन । लगानीकर्ता सेयर बेचेको २४ घण्टा भित्र ईडीआईएस नगर्दा उक्त जरिवाना तिर्नु परेको हो । लगानीकर्ताले सेयर बेचेको २४ भित्र ईडीआईएस नगर्दा कारोबारको २० प्रतिशत रकम जरिवाना तिर्नुपर्ने ब्यवस्था रहको छ । सबैभन्दा बढी माग महिनामा लगानकर्ताले जरिवाना तिरेका छन् । माघ महिनामा मात्र लगानीकर्ताले १ करोड ४६ लाख २० हजार रुपैयाँ क्लोजआउट मार्फत तिरेका हुन् । साथै, पुषमा ९३ लाख ४७ हजार रुपैयाँ, साउनमा ५३ लाख ५० हजार रुपैयाँ, भदौमा ४४ लाख ७२ हजार रुपैयाँ, बैशाखमा ४४ लाख ६७ हजार रुपैयाँ, चैतमा ४४ लाख … Continue reading कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे पाँच करोड रुपैयाँ जरिवाना