प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै
३ जेष्ठ २०८१, बिहीबार १८:०२
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध कायमै गरेको छ ।
नेपाली कांग्रेसले सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँनु पर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । आज पनि सोहि निरन्तरता दिएको हो ।