नेपाल रिइन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन
३ जेष्ठ २०८१, बिहीबार १६:५१
काठमाडौं । नेपाल रिइन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
नयाँ मूल्य अनुसार कम्पनीको प्रतिकित्ता शेयर मूल्य ६ सय ६१ रुपैयाँ कायम गरिएको छ । यसअघि बजार बन्द हुने बेला बैंकको शेयर प्रतिकित्ता ६ सय ९३ रुपैयाँमा कारोबार भएको थियो ।