बीमा, बैंक, वित्तीय संस्था र पुँजिबजारबारे बीमापोष्टले थप सशक्त कलम चलाउन सफल रहोसः नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीको शुभकामना

३१ बैशाख २०८१, सोमबार ०६:२९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत सिईओले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै बीमा, बैंक तथा वित्तीय क्षेत्र र पुँजि बजारबारे बीमापोष्टको कलम थप शसक्त बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै सिईओ कार्कीले आर्थि क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिका समेत रहेकोमा आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न हौसला मिल्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

 

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले दिनुभएको शुभकामनाः

 

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको चौथो वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा सम्पादक, सञ्चालक समितिका सदस्य, कर्मचारी वर्ग तथा यस सञ्चार माध्यम मार्फत सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

बीमा, बैंक तथा वित्तीय संस्था र पुँजी बजारको क्षेत्रमा कलम चलाउदै आईरहेको बीमापोष्ट डटकम आगामी दिनमा थप सशक्त ढंगवाट विषय प्रस्तुत गर्न सफल होस भन्ने शुभकामना व्यक्त गर्दछु । आर्थिक क्षेत्रमा थप ऊर्जा दिन र पुँजी बजार, बैंकिङ्ग बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा बीमापोष्ट डटकम परिवारलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।

आर्थिक क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा समेत रहेर समाचार सम्प्रेषण गर्दै आईरहेको बीमापोष्टलाई आगामि दिनहरुमा थप उर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, बीमापोष्टले मनाउन लागेको चौथौ वार्षिकोत्सवको अवसरमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

 

कृष्ण बहादुर कार्की
प्रमुख कार्यकारी अधिकृत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*