अन्तत: सेबोनबाट हटाइए रितेश शाक्य, सह–सचिव रानाले अध्यक्षता गर्ने

१ जेष्ठ २०८१, मंगलवार १७:४४

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट विवादित अर्थमन्त्रालयका सह सचिव रितेश शाक्य हटाइएका छन् । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गरेका शाक्यका कारण नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम नगरी बिचौलियाको पक्षमा काम गर्न पुगेको थियो ।

बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठसँगको मिलेमतोमा रितेश शाक्यले सर्वोत्तम सिमेन्टलाई गैर कानुनी रुपमा बुक बिल्डिङ आईपिओको अनुमति दिएका थिए । सो काण्डमा उनमाथि छानविन समेत भइरहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले राज्यका नियामक क्षेत्रबाट भ्रष्टाचारीहरुको पहुँच हटाउने उद्देश्यले शाक्यलाई बोर्डको सञ्चालक समितिबाट हटाएर नयाँ सञ्चालकको रुपमा सह–सचिव नरेन्द्र रानालाई धितोपत्र बोर्डमा पठाउने निर्णय गरेका छन् ।

हाल प्रिमियम मूल्यको आईपिओ अनुमति दिएको सम्बन्धमा अख्तियारको समेत छानविन परेका सह–सचिव शाक्य अर्थमन्त्रालयका सबैभन्दा भ्रष्ट कर्मचारीमा पर्दछन् । यद्यपि अर्थमन्त्री पुनले उनै शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी दिएर बजेट बनाउने दोस्रो कमाण्डर बनाएका छन् ।

One thought on “अन्तत: सेबोनबाट हटाइए रितेश शाक्य, सह–सचिव रानाले अध्यक्षता गर्ने

  1. Dipak Pandey says:

    सम्बन्धित निकायले नेतृत्व व्यक्ति छानेर अध्यक्ष पदमा राख्नुपर्छ अन्यथा भविष्यमा अहिलेको सहकारीको जस्तो अवस्था आउनेछ। र फेरि आन्दोलन घोषणा हुनेछ सर्वसाधारण को लगानी डुब्नेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*