काठमाडौं उपत्यकाको खानेपानी समस्यालाई दिगो रुपले समाधान गरिने

१ जेष्ठ २०८१, मंगलवार १६:३०

काठमाडौं । सरकारले आगामी वर्षमा काठमाडौं उपत्यका भित्र रहेको खानेपानीको समस्यालाई दिगो रुपले समाधान गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले उपत्यकाको खानेपानी समस्यालाई समाधान गर्न मेलम्ची खानेपानी आयोजनालाई व्यवस्थित र दिगो रुपले सञ्चालन गर्ने भएको छ ।

साथै, काठमाडौं उपत्यकाको खानेपानी समस्यालाई समाधान गर्न शिवपुरी निकुन्ज तया उपत्यका वरपर रहेका जलासय क्षेत्रको पानी संकलन गरी काठमाडौंबासीलाई वितरण गरिने योजना रहेको समेत उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*