५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा
१ जेष्ठ २०८१, मंगलवार १६:११
काठमाडौँ । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए । उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए । पौडेलले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने बताए ।