आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेशगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गर्न लागिएको जानकारी गराएका छन् ।
“कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ,” उनले भने, “आर्थिक वर्ष ०८१।०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।”
अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो ।