गरिव परिवार पहिचान गरी निःशुल्क विद्युतीय चुलो वितरण गरिने

१ जेष्ठ २०८१, मंगलवार १५:३३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिव परिवारलाई पहिचान गरी निःशुल्क विद्युतिय चुलो वितरण गर्ने भएको छ ।

प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतको खपतलाई प्रोत्साहन गर्दै गरिव परिवारहरुलाई विद्युतिय चुलो वितरण गर्ने बताएका छन् ।

साथै, उनले नेपालमा हाइड्रोपावरको व्यापार व्यवसायको लागि राम्रो वातावरण रहेको समेत बताउदै विद्युत उत्पादनलाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*