५६ बर्षमा नेपाल बीमा प्राधिकरणमा ८ जना बने अध्यक्ष, कस्को कार्यकाल कति थियो ?

रिना खत्री
१ जेष्ठ २०८१, मंगलवार १५:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।आधा शताब्दीभन्दा लामो समयदेखि बीमा क्षेत्रको निमयन गर्दै आएको बीमा प्राधिकरणमा हालसम्म जम्मा आठ जनाले मात्रै फूलटाईम अध्यक्षको रुपमा काम गरेको इतिहास छ ।

२०४८ सालअघि अर्थमन्त्रालयमा तत्कालिन बीमा प्राधिकरणको बैठक आवश्यकता परेको बखत मात्रै बस्ने गर्दथ्यो । बीमा ऐन २०४९ पुस २ गते नयाँ बीमा ऐन लागू भएपछि बीमा प्राधिकरणको अस्तित्वमा आएको हो ।

२०२५ साल जेठ १ गतेबाट स्थापना भएको बीमा प्राधिकरणको पहिलो अध्यक्ष लव प्रसाद शर्मा हुन् । उनी प्रधानाध्यापक थिए । २०४८ चैत्र १७ गते अध्यक्षमा नियुक्त भएका शर्माले तीन कार्यकाल अध्यक्ष पद सम्हालेका थिए । २०५७ चैत्र १७ गतेसम्म बीमा प्राधिकरणको नेतृत्व सम्हालेका थिए ।

बीमा प्राधिकरणकोे दोस्रो अध्यक्ष प्रफुल्ल कुमार काफ्ले हुन् । काफ्ले २०५८ साल बैशाख २० गते अध्यक्ष पदमा नियुक्त भई २०५९ साउन २७ गतेसम्म कार्यरत रहेका थिए ।

बीमा प्राधिकरणले तेस्रो अध्यक्ष नारायण प्रसाद सिलवाल बनेका थिए । उनी २०५९ साउन २८ गतेदेखि २०६० भदौं १० गतेसम्म बहाल रहेका थिए ।बीमा प्राधिकरणको को चौथो अध्यक्ष माधव प्रसाद उपाध्याय बने । उनी २०६० भदौं ११ गतदेखि २०६३ बैशाख २४ गतेसम्म अध्यक्ष पदमा बहाल रही पुनः २०६३ जेठ ३ गते दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त भई २०६४ भदौं १० गतेसम्म बहाल रहे ।

बीमा प्राधिकरणका पाँचौं अध्यक्ष हुन् देवेन्द्र प्रताप शाह । शाहले तीन महिनामै पद छोडेका थिए । २०६४ भदौं ११ गते अध्यक्ष पदमा नियुक्त भएका शाह २०६५ मंसिर १२ गते एक वर्ष तीन महिना एक दिनपछि बीमा प्राधिकरणबाट विदा भए।बीमा प्राधिकरणमा नयाँ पद्धति बसाल्न भूमिका निर्वाह गरेका प्रा. डा. फत्त बहादुर केसीले दुई कार्यकाल अध्यक्ष सम्हाले । २०६५ पुस ६ गते अध्यक्षमा नियुक्त भएका केसी २०७३ पुस ९ गते सम्म बीमा प्राधिकरण सम्हालेका थिए ।

सातौं तथा वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाँई २०७३ साल पुस १४ गते नियुक्त भएका थिए ।

प्राधिकरणका आठौं अध्यक्ष सूर्य प्रसाद सिलवाल हुन् ।

हालसम्म बीमा प्राधिकरणमा अध्यक्ष सूर्य पूसाद सिलवाल सहित ८ जना अध्यक्ष नियुक्त भइसकेका छन् । २०४८ सालभन्दा अघि कति अध्यक्ष भए भन्ने हिसाब छैन ।बहुदलपछि बनेको गिरिजा प्रसाद कोइराला नेतृत्व सरकार बन्ने वित्तिकै बीमा प्राधिकरणले पहिलो पटक नेतृत्व पाएको थियो । समितिका प्रथम अध्यक्ष तत्कालीन राष्ट्रिय बीमा संस्थाका नायब महाप्रबन्धक तथा माध्यमिक विधालयका प्राध्यानध्यापक थिए । उनले बीमा प्राधिकरणमा ९ बर्षको कार्यकाल पूरा गरेका थिए ।

७ जना अध्यक्षहरुमध्ये डा. फत्तबहादुर केसी व्यवस्थापन बिषयका विज्ञ भएपनि बीमा क्षेत्रका बीज्ञ मान्ने कि नमान्ने बहस हुनसक्छ । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणमा बीमा क्षेत्रमा शैक्षिक अभ्यास, सैद्धान्तिक र प्रयोगात्मक अभ्यासका आधारमा योगदान पुर्याएको बिज्ञ पाउन सकेको छैन । बीमा प्राधिकरणका पहिलो अध्यक्ष प्रधानाध्यापकलाई ल्याएर बनाइएको थियो । विशेष प्राविधिक बीमा क्षेत्रमा अन्य शैक्षिक योग्यता भएका व्यक्तिलाई नियुक्ती गर्दा अनुभव हासिल गर्नै समय लाग्ने गरेका छन् ।

दोस्रो अध्यक्ष डा. प्रफुल कुमार काफ्लेले नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरबाट अवकास पाएका व्यक्ति थिए । उनले बीमा प्राधिकरणमा खासै सुधार गर्न सकेनन् । २०५९ साल साउन २८ गते नारायण प्रसाद सिलवाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएका थिए । सिलवाल नेपाल सकारका पूर्व सचिव थिए ।

सिलवालपछि आएका बीमा प्राधिकरणको अध्यक्ष माधव प्रसाद उपाध्याय बैंकर्स थिए । कृषि विकास बैंकबाट अवकास पाएका उपाध्यायले चार वर्षभन्दा बढि समय बीमा प्राधिकरणमा नेतृत्व गरे ।सबैभन्दा छोटो समय नेतृत्व गरेका देवेन्द्र प्रताप शाह कृषि विकास बैंकका महाप्रबन्धक थिएबाट बीमा प्राधिकरणमा आएका थिए । पुनः नेपाल बैंकमा सिईओ पाउने भएपछि बीमा प्राधिकरण छोडेर हिडे ।

बीमा प्राधिकरणमा सबैभन्दा चर्चित व्यक्ति प्रा. डा. फत्त बहादुर केसीले दुई कार्यकाल बीमा समतिको नेतृत्व गरे । त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका प्रा.डा. केसी नै सबैभन्दा नेतृत्व क्षमता भएका व्यक्ति थिए । पेशाले प्राध्यापक केसीले बीमा नियमनमा धेरै सुधार गरेपनि बीमाको पहुँचमा बृद्धि गर्न सकेका थिएनन् । वर्तमान अध्यक्ष चापागाँईको कार्यकालमा ७ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उनको कार्यकालभित्रैमा २५ प्रतिशत हाराहारी पुर्याएर नेपालको बीमा क्षेत्रलाई कायापलट गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*