सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट
१ जेष्ठ २०८१, मंगलवार १२:११
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।कम्पनीले उक्त छुट आज (जेठ १ गते) देखि २५ गतेसम्म मात्र लागु गर्ने जनाएको छ ।
कम्पनीका अनुसार ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटकमात्र उपभोग गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखरु सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ ।