मन्त्रिपरिषद् बैठकः वार्षिक नीति तथा कार्यक्रम पारित
१ जेष्ठ २०८१, मंगलवार १२:०६
काठमाडौँ। मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१।८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
संसदको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएर सो कार्यक्रम पारित गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यस्तै बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनमा निर्वाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।