कुमारी बैंकको तीन लाख ७५ हजार कित्ता शेयर बिक्रीमा
१ जेष्ठ २०८१, मंगलवार १२:००
काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ७५ हजार ३०३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।