नेपाली बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा के-के निर्णय गरे ?
काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट चाल आर्थिक वर्ष २०८०/०८१ को हालसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यहरूमा यस बर्षको सुखद उपल्ब्धी रह्यो ।
बीमा प्राधिकरणले ५६औं वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा ऐन, २०२५ वमोजिम नेपालको बीमा नियमनकारी निकायका रूपमा रहेको नेपाल बीमा प्राधिकरण स्थापनाको ५५ वर्ष पूरा – वि.सं. २०२६ सालमा बीमा समिति स्थापना भएको थियो।बीमा ऐन, २०२५ लाई प्रतिस्थापन गर्दै वि.सं. २०४९ सालमा बीमा ऐन, २०४९ लागू भयो।
बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गरी हाल बीमा ऐन, २०७९ आएको छ। नयाँ बीमा ऐन, २०७९ लागू भए पश्चात् २०७९ कात्तिक २२ गतेदेखि तत्कालीन बीमा समिति नेपाल बीमा प्राधिकरण मा रूपान्तरण भई स्वायत्त नियमनकारी निकायका रूपमा कार्य गर्दै आएको छ ।नेपाल बीमा प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म सम्पादन गरेका मुख्य–मुख्य कार्यहरू सङ्क्षेपमा यस प्रकार रहेका छन् ।
बीमा नियमावली
नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ कार्यान्वयनका लागि सम्बन्धित निकायहरू, बीमकहरू, सरोकारवाला निकायहरू र विज्ञहरूका राय सुझाव समेतका आधारमा बीमा नियमावलीको मस्यौदा तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालयमा पेस गरेको छ। उक्त नियमावली छिट्टै नेपाल सरकारबाट स्वीकृत हुने अपेक्षा गरिएको छ । नियमावलीको स्वीकृति पश्चात् बीमा ऐनको उद्देश्य अनुरूपका कार्य गर्न सहज हुनेछ ।
राष्ट्रिय बीमा नीति, २०८०
नेपाल सरकारले बीमा क्षेत्रलाई नियमन तथा मार्गदर्शन गर्न छाता नीतिका रूपमा राष्ट्रिय बीमा नीति, २०८०’ लागू गरेको छ । बीमा क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि मार्गदर्शक रहने गरी सरकारले पहिलो पटक यो नीति ल्याएको हो
सहज पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा प्रणालीको विकास’ भन्ने सोचका साथ ल्याइएको बीमा नीतिका मुख्य–मुख्य विशेषताहरू देहाय बमोजिम रहेका छन्
(क) प्रतिस्पर्धी र विश्वसनीय बीमा प्रणालीको विकास एवं विस्तार गरी बीमा क्षेत्रमा संस्थागत सुशासन कायम गर्ने,
(ख) बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्ने,
(ग) जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुयाउने,
(घ) बीमितको हकहित संरक्षण गर्ने,
(ङ) बीमा क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण आधार स्तम्भका रूपमा विकास गर्ने,
(च) बीमा सेवालाई सरल, सहज, पहुँचयोग्य, विश्वसनीय र समावेशी बनाउने,
(छ) बीमा सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने,
(ज) बीमा क्षेत्रको संस्थागत सुशासन अभिवृद्धि गर्ने,
(झ) बीमालाई वित्तीय स्थायित्व कायम गर्ने सशक्त औजारका रूपमा विकास गर्ने,
(ञ) बीमा क्षेत्रलाई दिगो विकास र गरिबी न्यूनीकरण नीतिसँग आबद्ध गर्ने,
(ट) नेपाल बीमा प्राधिकरणको सुदृढीकरणका साथै आवश्यकता अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सूचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा मध्यस्थकर्ता लगायतका संयन्त्र स्थापना गर्दै लगिने । सङ्घीय तहका अतिरिक्त प्रदेश र स्थानीय तहमा समेत कानून बमोजिम आवश्यक संयन्त्र स्थापना गरी सञ्चालनमा ल्याइने,
(ठ) सरकारका अतिरिक्त निजी क्षेत्रबाट समेत लगानी परिचालन गर्न प्रोत्साहन गरिने । नेपाल सरकारको विकास सहायता नीतिको अधीनमा रही बीमा क्षेत्रमा हुने सबै प्रकारका वैदेशिक सहायताको परिचालन एकद्वार प्रणालीबाट हुने व्यवस्था गरिने ।
(ड) राष्ट्रिय बीमा नीति, २०८० को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानून, मापदण्ड, निर्देशिका एवं कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने,
(ढ) माननीय अर्थमन्त्रीको अध्यक्षतामा अर्थ मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, नेपाल बीमा प्राधिकरणका अध्यक्ष, नेपाल बीमक सङ्घ तथा जीवन बीमक सङ्घ नेपालका अध्यक्ष र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र हेर्ने सहसचिव सदस्य सचिव रहनुभएको ’निर्देशक समिति’ गठन गरी राष्ट्रिय बीमा नीति कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कनको व्यवस्था मिलाइने,
(ण) राष्ट्रिय बीमा नीति कार्यान्वयनका क्रममा आउनसक्ने जोखिमलाई समयमै आँकलन गरी जोखिमहरूलाई न्यूनीकरण गर्न बीमा सम्बन्धी कानूनमा समसामयिक सुधार एवं परिमार्जन गर्ने,
(त) जोखिम न्यूनीकरण गर्न असल अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गरी जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्ने, बीमक तथा बीमा मध्यस्थकर्ताहरूको निरीक्षण तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाई अन्तर्राष्ट्रिय स्तरको बीमा सेवा प्रदान गर्ने, बीमा क्षेत्रको नियमन व्यवस्थालाई सवल, प्रभावकारी ड्ड एवं व्यावसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्दै जाने ।
बीमा क्षेत्रको वर्तमान अवस्था
(क) बीमक
नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त गरी हाल जीवन बीमक, निर्जीवन बीमक, लघुबीमक र पुनर्बीमक गरी जम्मा ३७ वटा बीमकहरू बीमा बजारमा सञ्चालनमा रहेका छन् । प्राधिकरणले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरे पश्चात् चुक्ता पुँजी जुटाउन लागि बीमा कम्पनीहरूले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गरी हाल बीमा बजारमा जीवन बीमा कम्पनी १४ वटा र निर्जीवन बीमा कम्पनी ड्ड १४ वटा कायम भएका छन्। यसैगरी, लघुजीवन बीमा कम्पनी ३ वटा लघुनिर्जीवन बीमा कम्पनी ४ वटा र पुनर्बीमा कम्पनी २ वटा रहेका छन् ।
(ख) लघुबीमक
नेपाल बीमा प्राधिकरणले न्यून आय भएका, सीमान्तकृत वर्ग तथा पिछडिएको क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न हरेक प्रदेश स्तरमा नै मुख्य कार्यालय रहनेगरी सात वटा लघुबीमा कम्पनीहरूलाई इजाजत पत्र प्रदान गरेको छ। जसमध्ये तीन वटा लघुजीवन बीमा कम्पनी र चार वटा लघुनिर्जीवन बीमा कम्पनी रहेका छन् ।
(ग) फस्यौट हुन बाँकी बीमा दाबी
यसैगरी, बीमा कम्पनीहरूमा कुल ११ हजार ५६९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। बीमा क्षेत्रमा बीमा अभिकर्ता र बीमा सर्भेयर गरी कुल ३ लाख ७ हजार ३ सय ५४ जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये बीमा अभिकर्ताको सङ्ख्या ३ लाख ६ हजार १ सय १४ र बीमा सर्भेयरको सङ्ख्या १ हजार २ सय ४० रहेको छ ।
(घ) बीमाशुल्क सङ्कलन
चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमाशुल्क सङ्कलन ५.१८ प्रतिशतले वृद्धि भई रु. १ खर्ब १० अर्ब १६ करोड १६ लाख र निर्जीवन बीमाशुल्क सङ्कलन ०.४६ प्रतिशतले वृद्धि भई रु. ३० अर्ब १५ करोड ३० लाख पुगेको छ । यस अवधिमा कुल बीमाशुल्क सङ्कलन ४.१३ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४० अर्ब ३१ करोड ४६ लाख पुगेको छ।
यसैगरी, चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा बीमा कम्पनीहरूबाट कुल जीवन बीमालेख १ करोड ३८ लाख ६६ हजार ६१५ र कुल निर्जीवन बीमालेख २२ लाख ६२ हजार ३२६ को सङ्ख्यामा जारी भएका छन्। गत आर्थिक वर्षको चैत सम्मको तुलनामा चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा जारी भएका कुल जीवन बीमालेखमा २.११– प्रतिशतले कमी आएको छ भने कुल निर्जीवन बीमालेखमा ४.४३ प्रतिशतले वृद्धि भएको छ ।
(ङ) बीमाको दायरा
विगतमा उल्लेख्य रूपले बढ्दै आएको बीमाको दायरा चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म केही कमी आएको छ। आर्थिक शिथिलताका कारण चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा जारी बीमालेखको सङ्ख्यामा २.११ प्रतिशतले कमी आई बीमाको दायरा केही न्यून भएको हो। यस अवधिमा बीमाको दायरामा आएको जनसङ्ख्या (वैदेशिक रोजगार म्यादी जीवन बीमालेख समेत) घटेर ४३.३२ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्त सम्ममा बीमाको दायरामा आएको जनसङ्ख्या ४४.५५ प्रतिशत रहेको थियो।
(च) जिडिपी कुल बीमा शुल्कको अनुपात
चालू आर्थिक वर्षको आषाढ मसान्त सम्ममा कुल गार्हस्थ्य उत्पादन मा कुल बीमाशुल्क सङ्कलनको अनुपात ३.३४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कुल बीमाशुल्क सङ्कलनको अनुपात ३.४२ प्रतिशत रहेको थियो ।
(छ) बीमा दाबी फस्यौट
आ.व. २०७९/८० मा जीवन बीमातर्फ १ लाख १३ हजार ८२ वटा बीमा दाबी भुक्तानी अन्तर्गत रु. १९ अर्ब १६ करोड रकम बराबरको दावी भुक्तानी भएको थियो। त्यसैगरी निर्जीवन बीमातर्फ १ लाख १० हजार ४५ बीमा दाबी भुक्तानी अन्तर्गत रु. १६ अर्ब २६ करोड बराबरको कुल दाबी भुक्तानी भएको थियो । चालू आ.व. २०८०/८१ को चैत्र मसान्त सम्ममा जीवन बीमातर्फ १ लाख ४४ हजार ५२७ वटा बीमा दाबी भुक्तानी अन्तर्गत रु. २६ अर्ब ५५ करोड रकम बराबरको दाबी भुक्तानी भएको छ भने निर्जीवन बीमातर्फ १ कुल दाबीभुक्तानी भएको छ ।
गत आर्थिक वर्षमा भने जीवन बीमातर्फ रु. ५८ अर्ब ९८ करोड र निर्जीवन बीमातर्फ रु. २३ अर्ब ५२ करोड गरी कुल रु. ८२ अर्ब ५० करोड बराबरको दाबी फस्र्योट भएको थियो ।
(ज) फस्यौट हुन बाँकी बीमा दाबी
चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा जीवन बीमातर्फ रु. १ अर्ब ५१ करोड र निर्जीवन बीमातर्फ रु. २० अर्ब ६५ करोड गरी कुल रु. २२ अर्ब १६ करोड बीमा दाबी फस्र्योट गर्न बाँकी रहेको छ । गत आर्थिक वर्षमा भने जीवन बीमातर्फ करिब रु. १ अर्ब २२ करोड र निर्जीवन बीमातर्फ ३२ अर्ब ३२ करोड गरी कुल रु. ३३ अर्ब ५४ करोड बीमा दाबी फस्र्यौट हुन बाँकी रहेको थियो ।
(झ) सानो दाबी भुक्तानी सम्बन्धी व्यवस्था
नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम बीमा दाबी भुक्तानीलाई सहजीकरण गर्न प्राधिकरणले मोटर र सम्पत्ति बीमामा सानो दाबी भुक्तानी रु. २ लाख तोक्नुका साथै, बाली, पशुपन्छी, कृषि तथा लघुबीमातर्फ रु. ५० हजार सम्मको दाबी भुक्तानी बीमकका प्रदेश तथा शाखा कार्यालयबाट नै हुने व्यवस्था गरेको छ ।
(ञ) मुद्दा फस्र्योट
नेपाल बीमा प्राधिकरणले बीमितले बीमक विरुद्ध प्राधिकरणमा दर्ता गरेका मुद्दाहरूको फस्र्योटलाई प्राथमिकता दिँदै आएको छ। हालसम्म प्राधिकरणमा दर्ता भई फस्र्योट हुन बाँकी रहेका कुल ३५९ वटा मुद्दामध्ये चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा १०२ वटा मुद्दा फस्र्योट भएका छन्। जसमध्ये, ७५ वटा मुद्दा फैसलाबाट र २७ वटा मुद्दा सहमतिबाट फस्र्योट भएका हुन्। दुई वटा मुद्दा मुल्तवीमा रहेका छन् भने बाँकी २५५ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।
(ट) बीमकहरूको स्थलगत निरीक्षण
नेपाल बीमा प्राधिकरणले सदा झैँ यस वर्ष पनि सम्पूर्ण बीमकहरूको आकस्मिक तथा नियमित निरीक्षण कार्य गर्दै आइरहेको छ। निरीक्षणमा क्रममा देखिएका कैफियत सम्बन्धमा बीमकहरूलाई स्पष्टीकरण सोध्ने, बीमा ऐन, २०७९ बमोजिम सचेत गराउने र जरिवाना गर्ने कार्य समेत हुँदै आएको छ ।
बीमा मध्यस्थकर्ता
(क) पुनर्बीमा दलाल
नेपाल बीमा प्राधिकरणले देशमा पहिलो पटक पुनर्बीमा दलालको व्यवस्था गरी संस्थागत रूपमा १५ वटा पुनर्बीमा दलालहरूलाई इजाजत पत्र प्रदान गरी पुनर्बीमा दलालहरूले नेपाली बीमा बजारमा कार्य गर्दै
आएका छन् ।
(ख) बीमा मध्यस्थकर्ताका लागि अनलाइन परीक्षा
नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्तामध्ये बीमा सर्भेयर र बीमा अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट सञ्चालनमा ल्याएको छ ।
बीमा ऐन, २०७९ मा ’बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम बीमा सर्भेयर र बीमा अभिकर्ताको अनलाइन परीक्षाको सुरुवात गरिएको हो ।
बीमा अभिकर्ताको परीक्षा प्राधिकरणको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूबाट सञ्चालन हुँदै आएको छ भने बीमा सर्भेयरको परीक्षा हाल केन्द्रीय कार्यालयबाट मात्र सञ्चालनमा आएको छ। अनलाइन परीक्षाका लागि Insurance Regulatory Managment Information Systeam(IRMIS) मार्फत परीक्षाका लागि आवेदन दिने, online बाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजत पत्र शुल्क बुझाउने रं क्ष्च्ःक्ष्क् बाट नै बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजत पत्र अनलाइन मार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था गरिएको छ ।
निर्देशन तथा मार्गदर्शन
(क) बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० नेपाल बीमा प्राधिकरणले ’बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८०’ जारी गरेको छ ।
एयरमार्क सम्बन्धी मार्गदर्शन, २०८०
नेपाल बीमा प्राधिकरणले बीमकको मुद्दती निक्षेपमा लगानीको एयरमार्क सम्बन्धी मार्गदर्शन, २०५० लागू गरेको छ। प्राधिकरणबाट इजाजत पत्र प्राप्त बीमा कम्पनीहरूद्वारा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा गरिने लगानीको सम्बन्धमा बीमा कम्पनीहरूद्वारा मुद्दती निक्षेपमा भएको लगानीको व्यवस्थापन गर्नका लागि प्राधिकरणद्वारा एयरमार्क प्रणाली लागू गरेको हो। उक्त प्रणाली मार्फत हाल एयरमार्क सम्बन्धी कार्य हुँदै आएको छ ।
प्राधिकरणबाट जारी लगानी निर्देशन, २०७९ मा भएको बीमकले आफ्नो कोषमा रहेको रकमहरूमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्नेछ“ भन्ने व्यवस्था अनुरूप नै सम्पूर्ण एयरमार्क सम्बन्धी कार्य भइरहेको छ।
यसैगरी, प्राधिकरणले हाल सञ्चालनमा ल्याएको एयरमार्क सम्बन्धी प्रणाली मार्फत बीमकहरूबाट प्रत्येक बैंक तथा वित्तीय संस्थामा भएको लगानी प्राधिकरणको नाममा एयरमार्क गर्ने तथा फुकुवा गर्ने गरेको छ । यसका लागि बीमकले सम्बन्धित मुद्दती निक्षेपको नम्बर मुद्दती निक्षेप सुरु मिति र मुद्दती निक्षेपको परिपक्वता मितिको प्रमाणीकरणका लागि अनिवार्य रूपमा निवेदन सहित सम्बन्धित मुद्दती निक्षेपको रसिद संलग्न गर्नुपर्ने व्यवस्था रहेको छ एयरमार्क सम्बन्धी कार्य गर्नका लागि बीमकहरूले तथा बैंक तथा वित्तीय संस्थाहरूले समेत एयरमार्क सम्बन्धी कार्यका लागि छुट्टै जनशक्तिको व्यवस्था गर्नुपरेको र उक्त कार्य अन्तर्गत सम्बन्धित अधिकारीले सम्बन्धित मुद्दती निक्षेपको नम्बर , मुद्दती निक्षेप सुरु मितिर मुद्दती निक्षेपको परिपक्वता मिति को प्रमाणीकरण गर्दा मानवीय त्रुटिहरूको सम्भावना रहन्छ।
सोही गुटहरूको सम्भावना न्यून गरी एयरमार्क प्रणालीको प्रभावकारिता बढाउनका लागि प्राधिकरणले कुनै एउटा बैंकसँग एयरमार्क ब्एक्ष् क्ष्लतभनचबतष्यल सम्बन्धी कार्य अघि बढाएको छ। सो बैंक सँगको एयरमार्क गर्ने कार्य ब्एक्ष् क्ष्लतभनचबतष्यल सफल भएमा अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग समेत ब्एक्ष् क्ष्लतभनचबतष्यल को कार्य गर्न सहज हुने अपेक्षा गरिएको छ ।
बीमालेख
(क) पशुधन बीमालेख संशोधन
नेपाल बीमा प्राधिकरणले मिति २००० साउन १ देखि कार्यान्वयन हुनेगरी पशुधन बीमालेख संशोधन गरेको छ। पशुधनको सामूहिक रूपमा बीमा गर्न मिल्ने प्रावधान रहेको यस पशुधन बीमालेखमा स्थानीय तथा विदेशी नश्लका सचिड वा शुद्ध नश्ल जातका गाई, भैंसी, गोरु, गंगा, साँढ याक, नाक र तिनका वर्णशङ्कर, बाच्छाबाच्छी तथा पाडापाडीको बीमा गरिने प्रावधान रहेका छन् भने बीमाशुल्क बीमाइकको पाँच प्रतिशत रहने व्यवस्था रहेको छ।
(ख) माछा बीमालेख संशोधन
प्राधिकरणले हाल प्रचलनमा रहेको माछा बीमालेखलाई समयसापेक्षा संशोधन गरी मिति २००० साउन १ गतेदेखि लागू हुनेगरी माछा बीमालेख संशोधन गरेको छ । माछा बीमालेखमा कानूनले पालनका लागि सिफारिस योग्य भनिएका माछाको बीमा गर्ने, एड्भान्स एकल जातीय, बहुजातीय, फिङ्गरलिङ, फ्राई जस्ता विभिन्न जातका माछा पालनको बीमा गर्ने, माछाको वीमा न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्म गर्न सकिने र माछाको बीमा सामूहिक रूपमा गर्न सकिने लगायतका प्रावधान रहेका छन् भने माछा बीमा बापत बीमाङ्क रकमको तीन प्रतिशत बीमाशुल्क रहने व्यवस्था रहेको छ।
(ग) खेलकुद बीमालेख
नेपाल बीमा प्राधिकरणले खेलकुदका क्रममा हुनसक्ने दुर्घटनाका कारण सिर्जना हुने आर्थिक जोखिमको रक्षावरण गर्नका लागि मिति २०५० साल मंसिर १३ गतेदेखि कार्यान्वयन हुनेगरी ’खेलकुद बीमालेख स्वीकृत गरेको छ। खेलकुद बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिको हुनेछ ।
खेलकुद बीमालेखमा खेलकुदका क्रममा भएको दुर्घटनाको प्रत्यक्ष कारणबाट बीमितको मृत्यु भएमा वा दुर्घटना भएको १८३ दिनभित्र मृत्यु भएमा क्षतिपूर्ति स्वरूप बीमकले शतप्रतिशत बीमाङ्क प्रदान गर्ने, दुर्घटनाका कारण बीमित अस्थायी पूर्ण अशक्त भई ऐसा व्यवसाय गर्न पूर्ण रूपमा असक्षम भएमा बीमाङ्कको सीमाभित्र रहनेगरी छ महिनासम्म बीमकले प्रति महिना बीमाङ्कको पाँच प्रतिशत वा मासिक २० हजारमध्ये जुन कम हुन्छ, सोही बराबरको रकम उपलब्ध गराउने दुर्घटनाका कारणबाट बीमितको औषधोपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुनेगरी बीमाङ्कको २५ प्रतिशत वा रु तीन लाखमध्ये जुन रकम कम हुन्छ, सोही बराबरको रकम बिल भरपाई अनुसार शोधभर्ना दिने लगायतका प्रावधान रहेका छन्।
(घ) दलहन बाली बीमालेख
प्राधिकरणले दलहन बालीमा हुने क्षति विरुद्ध आर्थिक रक्षावरणका लागि बीमा गर्न उत्पादनमा आधारित ’दलहन वाली बीमालेख जारी गरिएको छ। मिति २००० साल मंसिर १३ गतेदेखि कार्यान्वयनमा आएको उत्पादनमा आधारित दलहन बाली बीमालेख अन्तर्गत मुंग, मास, गहत, चना, मुसुरो, केराउ, राजमा, केराउ, भटमास, बोडी, सिमी र रहर दालको बीमा गर्न सकिने छ। दलहन बालीमा बीमा अवधिभित्र अग्निजन्य वा आगलागी, हुरीबतास, आंधीबेरी वा तुफान, अतिवृष्टि वा बेमौसमी वर्षा, असिना वा हिउँ, बाबी वा डुबान, खडेरी, लुषारो, भूकम्प, पहिरो वा भू–स्खलन, चट्याङ, रोग कीरा र जङ्गली जनावरका कारणबाट क्षति भएमा बीमकले क्षतिपूर्ति प्रदान गर्नेछ। यस बीमालेखमा दलहन बालीको बीमाशुल्क बाली अनुसारको जोखिमको आधारमा कायम गरिएको छ जसमा मुंग, मास र गहतको ३ प्रतिशत, चना, मुसुरो, केराउ, बोडी, सिमी, भटमास, राजमा बालीको ४ प्रतिशत तथा रहर बालीको ५ प्रतिशत बीमाङ्क रकम कायम गरिएको छ ।
(ङ) पन्छी बीमालेख
प्राधिकरणले हाल प्रचलनमा रहेको पन्छी बीमालेखलाई समयसापेक्ष हुनेगरी पन्छी बीमालेख’ संशोधन गरेको छ । मिति २०५० साल मंसिर १३ गते जारी गरिएको पन्छी बीमालेख अन्तर्गत बीमा गरिएका पन्छीमा
(७) जोखिममा आधारित पूंजी
नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी (RBC) लागू गर्न आवश्यक कार्य अगाडि बढाएको छ। जस अनुसार Methodology for Risk Free Rate Term Structure for Insurerजारी गरिएको, विश्व बैक सँगको सहकार्यमा RBC Quantitative Regulatory Reporting Template लाई अन्तिम रुप दिई सुझावको लागि बीमकहरुलाई पठाइएको र RBC Quantitative Regulatory Reporting Templateको Quantitative Impact Study गर्न इच्छुक लागू गर्न ORSA बीमहरुलार्य निर्देशन दिइएको छ ।
यसैगरी, बीमकहरूको लगानी तथा पुनर्बीमा उपकरणहरूको क्रेडिट रेटिङ सम्बन्धी कार्य अगाडि बढाइएको, RBC Focal Person मनोनयन गर्न बीमकहरूलाई निर्देशन दिइएको र बीमकहरूको QuantitativeImpact Study र वीमकबाट पेस हुने Quantitative Regulatory Reporting Templateको तथ्याङ्क विश्लेषण गर्न Data Analysis Tool गर्ने कार्य भइरहेको छ ।
प्राधिकरणबाट ११ वटा निर्जीवन बीमा कम्पनी ४ वटा जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनीलाई Own Risk Solvency Assessment (ORSA) लागू गर्न निर्देशन दिइएकोमा हाल केही बीमकहरूबाट ORSA Gap Analysis सम्पन्न भएको छ भने ORSA Gap Analysis को Action Plan सम्बन्धी कार्य भइरहेको छ।
जोखिममा आधारित सुपरीवेक्षण
नेपालमा बीमकको जोखिममा आधारित सुपरीवेक्षण (Risk Based Supervision-RBS) प्रणाली कार्यान्वयन गर्नका लागि टोरोन्टो सेन्टरको सहयोगमा जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी कार्य प्रारम्भ भएको छ।
जोखिममा आधारित सुपरीवेक्षण (RBS) अन्तर्गत पाइलट प्रोजेक्टका रूपमा जीवन बीमकतर्फ एउटा र निर्जीवन बीमकतर्फ एउटाको जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी कार्य भएको छ ।
पाइलट प्रोजेक्ट स्वरूप बीमकहरूमा सुपरीवेक्षणका आधारमा गरिएको जोखिममा आधारित सुपरीवेक्षण प्रणाली अन्य बीमकहरूमा समेत एकीकृत रूपमा कार्यान्वयन गर्नका लागि प्राधिकरणबाट Nepal Insurance Authority Risk Based Supervision Framework, Guide to Supervisory Intervention Framework लागू भइसकेका छन्।
यसको मुख्य उद्देश्य नेपाल बीमा प्राधिकरणद्वारा बीमकको प्रारम्भिक चरणमा भएका जोखिमहरू वा सुपरीवेक्षण सम्बन्धी विषयलाई पहिचान गर्नु र सकारात्मक रूपमा हस्तक्षेप गर्नु, विश्वसनीयता वृद्धि गर्नु रहेको छ ।
यसैगरी, जोखिममा आधारित सुपरीवेक्षणको कार्य अघि बढाउनका लागि सम्पूर्ण निर्जीवन बीमकको प्रारम्भिक जोखिम मूल्याङ्कन सम्बन्धी कार्य सम्पन्न भइसकेको छ भने जीवन बीमकको प्रारम्भिक जोखिम मूल्याङ्कन सम्बन्धी कार्य भइरहेको छ ।
बीमकको संस्थागत सामाजिक उत्तरदायित्व
बीमकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था अन्तर्गत बीमकले ऋक्च् सम्बन्धी कार्यमा क्रियाशील हुन प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक ’उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त कोषमा जम्मा भएको रकम शिक्षा स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, अति विपन्न र सीमान्तकृत वर्गका लागि प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिको रक्षावरण गर्नका लागि प्रत्यक्ष अनुदान दिन सकिने व्यवस्था गरिएको छ ।
बीमकले ऋक्च् सम्बन्धी खर्च गर्दा एक भौगोलिक क्षेत्र तथा विषय शिक्षा, स्वास्थ्य लगायत) मा मात्र सीमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरूमा न्यायोचित रूपले खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने, कम्पनीको ब्रान्ड प्रवर्द्धनमा खर्च गर्न नपाइने कम्पनीका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत तथा राजनीतिक लाभ हुनेगरी खर्च गर्न नपाइने व्यवस्था समेत गरिएको छ। साथै, नेपाल सरकारको गरिबी न्यूनीकरण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्वारा रक्षावरण, कम्पनीमा कार्यरत कर्मचारीहरूका बालवालिकाका लागि चाइल्ड केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च तोकिएको छ।
बीमा ऐन, २०७४ विपरीत बीमा शब्द प्रयोग गर्न नपाइने
बीमा ऐन, २०७२ मा भएको व्यवस्था विपरीत हुनेगरी कसैले पनि बीमा व्यवसाय सम्बन्धी कारोवार, व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा बीमाकोष जस्ता शब्दहरू प्रयोग नगर्न तथा प्राधिकरणबाट इजाजत प्राप्त बीमक बाहेक अन्य कुनै कम्पनी, फर्म वा संस्थासँग बीमा सम्बन्धी कारोबार वा बीमा व्यवसाय नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरिएको छ ।
“बीमा ऐन, २०७९ बमोजिम नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र नलिई कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोष जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन हुँदैन र यस विपरीत हुनेगरी कसैले पनि वीमा व्यावसाय सम्बन्धी कारोबार, व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नोकम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमा कोष जस्ता शब्दहरुको प्रयोग गनुहुँदैछ भन्ने व्यवस्था गरिएको छ ।