फुटसल विजेता टोलिलाई बीमा प्राधिकरणद्धारा पुरस्कृत, २० वर्ष सेवा गरेका दुई कर्मचारीलाई सम्मान

३१ बैशाख २०८१, सोमबार १३:१५

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा आयोगित फुटसल प्रतियोगिता विजेता टोलिलाई पुरस्कार वितरण गरेको छ । प्राधिकरणले एक कार्यक्रमकाबीच फुटसल बिजेता (पुरुष/महिला) टिमलाई टफि र मेडलसहित पुरस्कृत गरेको हो ।

बैशाख २९ गते शनिबार भिजनोभा रिक्रियसन बल्खु काठमाडौँमा आयोजित फुटसल प्रतियोगितामा पुरुषतर्फका चार टिमका ३५ जना र महिलातर्फका दुई टिमका १० जनाको सहभागिता रहेको थिए ।

उक्त प्रतियोगितामा पुरुषतर्फ पुनर्बीमा शाखाका उप निर्देशक राजेन्द्र महर्जनको कप्तानीमा रहेको समूह ‘सि’ विजेता बनेको छ । समूह ‘सि’ ले समूह ‘ए’ लार्ई ७–२ गोलको अन्तरले हराएको हो । जसमा समूह ‘सि’ का कप्तान महर्जनले ह्याट्रिक गरेका थिए । विजेता टिम (समूह सि) मा शिव प्रसाद खनाल, विनोद भुषाल, विशाल त्रिताल, कृष्णराज अधिकारी, सचिन राई र ध्रव कुमार खड्का थिए ।

महिला तर्फ समूह ‘बि’ बिजेता बन्न सफल भएको हो । समूह ‘बि’ बाट कानुन शाखाकी सहायक निर्देशक सविता थापाले हानेको गोल नै निर्णयक बन्न पुगेको थियो । समूह बि मा पुनम ज्ञवाली श्रेष्ठ, निर्मला श्रेष्ठ, सीता पाण्डे र कविता खनाल थिए ।

बीमा प्राधिकरणद्धारा वार्षिकोत्सवको अवसरमा फुटसल: महर्जनको ह्याट्रिकसँगै समूह ‘सि’ बिजयी

साथै, प्राधिकरणमा आयोजित कार्याक्रममा २ जना कर्मचारीलाई सम्मान गरीएको छ । २० वर्षभन्दा बढी सेवा गरेका हरि बहादुर सुवेदी र हरेराम श्रेष्ठलाई पदक र दोसल्लाले सम्मान गरेको हो ।

यता, निबन्ध प्रतियोगितामा बाग्मती प्रदेशबाट विजेता गीता कुमारी शाहलाई पुरस्कार वितरण गरीएको छ । उनलाई १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरीएको हो । कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद शिलवाल, निर्देशक राजुरमण पौडललगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*