सिटिजन लाइफ इन्स्योरेन्सको खुद मुनाफामा उल्लेख्यनीय सुधार, अन्य वित्तिय सूचक कस्तो ?

३१ बैशाख २०८१, सोमबार ०९:४१

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासमा खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने खुद नाफा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा भने ८७.३५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस इन्स्योरेन्सले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १४.४१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १५.५९ प्रतिशत र कुल खर्च ११.९३ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ९० पैसा बढेर ९ रुपैयाँ ५३ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.४० गुणा रहेको छ।

३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती जगेडामा १६ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६३ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*