नेपाल बीमा प्राधिकरणद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)
३० बैशाख २०८१, आईतवार १६:०१
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्राधिकरणको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुरमा बैशाख ३० गते (आज) विभिन्न क्षेत्रका कर्मचारीहरुको उपस्थितीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणका कर्मचारीहरुको भव्य सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।