नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्धारा रक्तदान कार्यक्रम सम्पन्न
३० बैशाख २०८१, आईतवार १५:४२
काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख ३० गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा ४० पाउन रगत कलेक्सन भएको थियो । उक्त रक्तदान कार्यक्रम सहभागी भई रक्तदान गर्न रक्तदाताहरुलाई नेपाल बीमा प्राधिकरणका लुम्विनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले सम्मान सहितको प्रमाणपत्र वितरण गरेका थिए ।
प्रमुख थापाले उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका हुन् ।