८.२६ अकंले बढ्यो शेयर बजार, कारोबार ३ अर्ब पुग्दा बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

३० बैशाख २०८१, आईतवार १५:०८

काठमाडौँ । साताको पहिलो कारोबारको दिन झिनो सुधारले निरन्तरता पाएको छ । गत साताको अन्तिम कारोबारको दिन सामान्य अकंले बढेको बजार आज पनि सोहि आसपासमा बन्द भएको हो । पछिल्लो समय शेयरबजारका लगानीकर्ता निराश छन् । नियामकको नीतिगत पोलिसिको चेपुवामा लगानीकर्ता परेका छन् । लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार सुधार तिर लम्किन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अकंले बढेर १९७४.५० बिन्दुमा बन्द भएको छ । आइतबार ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाखद ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचकमा हरियाली आएको छ । आइतबार निर्जीवन बीमा समूहको २.६४ प्रतिशत, विकास बैंक समूहको १.०४ प्रतिशत, जीवन बीमा समूहको १.२५ प्रतिशत, बैंकिङ समूहको ०.४३ प्रतिशत, हाइड्रोपावर समूहको ०.१६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज लागनीकर्ता सांग्रिला डेभलपमेन्ट बैंकको १० करोड ५० लाख ६० हजार रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँ, सोनापुरको ८ करोड ५ लाख रुपैयाँ र शिवम सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

यता, सिर्जनशिल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । उन्नती सहकार्य लघुवित्तको ७.५२ प्रतिशत, युनाइटेड अजोडको ५.६९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*