निर्जीवन बीमा कम्पनीको मुनाफा ५५%ले बढ्यो, सरकारी कम्पनीको घट्यो, प्रभु –आइजिआई–हिमालयन एभरेष्टको उच्च वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो मुनाफा ५५ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि निर्जीवन बीमा कम्पनीहरु खुद नाफामा उच्च बृद्धि गर्न सफल भएका कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।
तेस्रो त्रैमाससम्ममा नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले पाँच अर्ब ६५ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । तथ्याङ्क अनुसार प्रभु इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको मुनाफा शतप्रतिशतले अंकल बढेको देखिएको छ ।
गत आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै प्रभु इन्स्यारेन्सको २३७ प्रतिशतले मुनाफा वृद्धि हुँदा आइजिआई प्र्रुडेन्सियल इन्स्योरेन्सको १८१ प्रतिशतले नाफा वृद्धि भएको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १६३ प्रतिशतले नाफा वृद्धि गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ११० प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ ।
त्यस्तै, अन्य मुनाफा बृद्धि गर्न सफल निर्जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्स १०१ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५५ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ४६ प्रतिशत, शिखर इन्स्योरेन्सको २६ प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्सको २२ प्रतिशतले २२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भएका छन् । साथै, ओरियन्टल इन्स्योरेन्सको १८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३ प्रतिशतले मुनाफा बृद्धि भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको व्यवस्थापकीय कमजोरीका कारण मुनाफा २ प्रतिशतले घटेको छ । साथै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको मुनाफा २५ प्रतिशतले घटेको छ ।