नेशनल इन्स्योरेन्सको मुनाफामा सुधार, कुल बीमा शुल्कसहितका अधिकांश वित्तीय सूचांकमा उच्च गिरावट

३० बैशाख २०८१, आईतवार १४:१२

काठमाडौं । भारतिय लगानी रहेको नेशनल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको खुद बीमा शुल्क, कुल बीमा शुल्क आर्जन लगायतका अधिकांश वित्तीय सूचांकहरुमा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफामा सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड १९ लाख रुपैयाँ नोक्सानमा रहेको उक्त कम्पनीले समीक्षा अवधिमा १४ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि घटेको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ३५ प्रतिशतले घटेर ५५ करोड ४४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आर्जन ७६ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।


यस अवधिमा कम्पनीको खुद बीमा दावी भुक्तानी पनि २७ दशमलव ३६ प्रतिशतले घटेर २६ करोड ८८ लाख रुपैयाँ रहेको छ । साथै, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २५ दशमलव ८३ प्रतिशतले घटेर ३६ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आवको कम्पनीको यस्तो आम्दानी ४९ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले कमिसन बापत ९४ लाख रुपैयाँ खर्च गरेको छ । साथै कम्पनीको लगानी तथा ब्याज आयबाट हुने आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ प्रतिशतले घटेर १३ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको स्पेसियल रिजर्भमा १ अर्ब ८ करोड १९ हजार रुपैयाँ र रिटेण्ड अर्निङ्गमा ९१ करोड ८२ लाख रुपैयाँ संचिती रहेको छ । साथै, यस अवधिमा कम्पनीले २६ हजार १६७ वटा बीमा पोलिसी जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*