पूँजी बजारमा बैंक तथा बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी

३० बैशाख २०८१, आईतवार १३:४०

काठमाडौं । पूँजी बजारमा बैंक तथा बीमा कम्पनीहरुको हिस्सा सबैभन्दा बढी रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा पूँजी बजारमा कुल २७२ वटा कम्पनी सूचीकृत भएका छन् ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यस्तै, ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कुल २४८ कम्पनीहरु सूचीकृत रहेका थिए ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेप्से सूचकाङ्क २०२५.७१ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले बढी हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*