कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

३० बैशाख २०८१, आईतवार १३:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति ३६५ अर्ब १६ करोडले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Nine-Months-data-of-2080.81-1

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा नेपाल सरकारको कुल खर्च ९०९ अर्ब ३९ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनामा १८.७ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा ३.६ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा चालु खर्च ६४४ अर्ब ३ करोड, पँुजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च १६७ अर्ब ९९ करोड रहेको छ ।

समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ७८ अर्ब १३ करोड र स्रोत परिचालन १ खर्ब ३२ अर्ब २८ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९८ अर्ब २९ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३३ अर्ब ९९ करोड रहेको छ ।

 

 

One thought on “कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

  1. Dilaram bhatta says:

    Santoshjanak cha

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*