सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा साढे ४७ करोड, कस्तो छ अन्य सूचाङ्कको अवस्था ?

३० बैशाख २०८१, आईतवार ०९:५३

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ५५.३२ प्रतिशतले बढेर ४७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३० करोड ६० लाख रुपैयाँमा सीमित रहेको थियो ।

यसअवधिमा कम्पनीको ब्यवसाय २८.३२ प्रतिशतले बढेर ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय २ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १८ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

यता, कम्पनीको बीमा कोषमा ७ अर्ब ४२ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.३२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ७ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको बीमा पोलिसि २ लाख २३ हजार ६६७ वटा जारी भएका छन् ।

यसअवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४.१७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*