सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१ %ले वृद्धि, कुल बीमा शुल्कसहित सम्पूर्ण वित्तीय सूचांकमा प्रगती

३० बैशाख २०८१, आईतवार ०९:३३

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २१ प्रतिशतले वृद्धि भएर तीन अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफा ३ दशमलव २१ प्रतिशतले वृद्धि भई २० करोड ९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बढेको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन गत आर्थिक वर्षको तुलनामा ९ दशमलव २८ प्रतिशतले वृद्धि भई १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आर्जन १ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा दावी भुक्तानी पनि २७ दशमलव ३६ प्रतिशतले वढेर २३ करोड ९ लाख रुपैयाँ पुगेको छ । साथै, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १७ दशमलव ३१ प्रतिशतले वृद्धि भएर ४९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत आवको कम्पनीको यस्तो आम्दानी ४२ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले कमिसन बापत दुई करोड २९ लाख रुपैयाँ खर्च गरेको छ । साथै कम्पनीको लगानी तथा ब्याज आयबाट हुने आम्दानी पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ प्रतिशतले बढेर १९ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको स्पेसियल रिजर्भमा ५३ करोड रुपैयाँ र रिटेण्ड अर्निङ्गमा १८ करोड रुपैयाँ संचिती रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले १ लाख १६ हजार ९०३ वटा बीमा पोलिसी जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*