भारतिय बीमा कम्पनीको शाखा ओरिएण्टल इन्स्योरेन्सको कारोबार बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

२९ बैशाख २०८१, शनिबार १०:५६

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीका अधिकांश वित्तीय सूचांकहरुमा सुधार भई बीमा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ संचिती रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४६ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा ३९ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २५ प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड ७ लाख रुपैयाँबाट १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आवश्यक विभिन्न वित्तीय सूचांकहरुमा उल्लेख्य रुपले प्रगती गरेको देखिन्छ ।

कम्पनीको खुद बीमा दावी भुक्तानी पनि २३ प्रतिशतले बढेर ४१ करोड ८० लाख रुपैयाँ पुगेको छ । जुन कम्पनीका बीमितहरुको लागि धेरै सकारात्मक कुरा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ८ लाख रुपैयाँ बराबरको रकम दावी भुक्तानी वापत खर्च गरेको विवरणले देखाएको छ ।

साथै, कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ जगेडा कोषमा १ करोड ८५ लाख रुपैयाँ संचिती रहेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले ५ करोड ८८ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । साथै कम्पनीले यस अवधिसम्ममा ३१ हजार ६०७ वटा बीमा पोलिसी जारी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*