युनाइटेड अजोड इन्स्योरेन्सको मुनाफामा उच्च बृद्धि सबै सूचांकमा देखियो प्रगति

२९ बैशाख २०८१, शनिबार १०:४८

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा बृद्धि भएको देखिएको छ ।

तथ्याङ्क अनुसार कम्पनीको व्यवसाय ७८ प्रतिशतले बृद्धि भई एक अर्बबाट एक अर्ब ८४ करोड पुगेको छ भने खुद बीमा शुल्क आम्दानी समेत बृद्धि भई ४३ करोडबाट बढेर ७८ करोड पुगेको छ । यद्यपि खुद बीमा शुल्क बृद्धि हुँदा जोखिम भने बृद्धि भएको देखिएको छ ।

कम्पनीको बीमा कोषमा तीन अर्ब ४१ करोड रुपैयाँ संचित हुँदा विशेष कोषमा ९३ करोड रुपैयाँ र जगेडा कोषमा २८ करोड ५४ लाख रुपैयाँ संचित भएको देखिएको छ । कम्पनीको खुद दावी भुक्तानी पनि बृद्धि भएको छ । गत वर्ष २९ करोड रुपैयाँ रहेको खुद दावी भुक्तानी यस वर्ष बृद्धि भई ४३ करोड पुगेको छ । त्यस्तै, लगानी तथा कर्जा लगानीबाट प्राप्त ब्याज रकम ७५ प्रतिशतले बृद्धि भई १४ करोडबाट बढेर २५ करोड पुगेको छ ।

कम्पनीको खुद नाफा १८ करोड ७७ लाख ५१ हजारबाट बृद्धि भई २७ करोड ४२ लाख २४ हजार नाघेको छ । जुन अघिल्लो आवको तुलनामा ४६ प्रतिशत हो । कम्पनीको प्रतिशेयर आम्दानी १३.१४ रुपैयाँबाट बृद्धि भई १९.२० रुपैयाँ पुर्याउन सफल भएको छ । त्यस्तै जारी बीमा पोलिसी संख्या पनि बृद्धि गर्न ८७ हजार ९१७ बाट एक लाख ५८ हजार ८३७ वटा बीमा पोलिसी जारी गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*