बीमा प्राधिकरणको कमजोर नियमनका कारण बीमा क्षेत्रको शेयरमा भारी गिरावट (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कमजोर नियमनका कारण जीवन बीमा क्षेत्रका लगानीकर्ताहरु निरुत्साहित देखिएका छन् । केही समयअघि सिटिजन लाइफ र आइएमई लाइफको लाभांशको बिषयलाई लिएर पनि लगानीकर्ताहरु रुष्ट बन्दै गएका हुन् ।
बीमा प्राधिकरणले गरेको निर्णयको क्षती आम लगानीकर्ताले भोग्नु परेको गुनासो प्राधिकरणमा गराएका थिए । जसको कारण साना देखि ठूला लगानीकर्ताहरुले व्योहेर्नु परेको क्षती प्राधिकरणले नबुझेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५ दशमलव ६३ अंकले बढेर १९६६ को विन्दुमा कायम भएको छ ।
बिहीबार शेयर बजारमा जीवन बीमा उपसूचक ४३ दशमलव ५७ अंकले घटेर ९,७५० दशमलव ८६ को विन्दुमा कायम भएको छ । जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन, नेशनल लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको शेयरमूल्य सामान्य अंकले बढेको छ ।
त्यस्तै, यी बाहेका अन्य कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । बीमा प्राधिकरणको खुकुलो नीति र नियमनका कारणले बीमा कम्पनीहरुले घोषणा गरेको लाभांशलाई समेत विश्वास गर्न सकिने वातावरण छैन् ।