पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमरा बीच पूँजी बृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धमा बैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा सहमति भएको हो ।
सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छा को तर्फबाट अध्यक्ष इच्छा बहादुर वाग्लेले दस्तखत गरे । सिमरामा अवस्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ शालदेखि संचालन हुँदै आएको छ ।नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ । सम्झौता बमोजिम होटल इच्छाको पूँजी बृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए।
फाइभ स्टार होटल संचालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तररार्ष्ट्रिय स्तरको बनाउन अवश्यक छ । साथै थप सुविधा हरू जडान गर्न ठुलै पूँजीको आवश्यक पर्दछ । पूँजी बृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर बृद्धि गर्न सजिलो हुनेछ । भविष्यमा होटलको पहिचान र दायरा ब्यापक बनाउन सर्वसाधारणलाई पनि शेयर जारी गर्ने योजना रहेको छ ।
पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लेखित काम सम्पन्न गर्न परामर्शदातको रूपमा काम गर्नेछ । संचालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ । नेपालभित्र पनि बिभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, संचालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उध्योग र बैंकर बिचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई शेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ ।