सिटिजन बैंकको नयाँ सञ्चालकमा ईला शर्मा नियुक्त
२७ बैशाख २०८१, बिहीबार १०:२१
काठमाडौं । सिटिजन बैंकले नयाँ सञ्चालकमा ईला शर्माज्यूलाई चयन गरेको छ । बैंकको बैशाख २६ गते बसेको सञ्चालक समिति बैठकले नयाँ सञ्चालकमा शर्मालाई नियुक्त गरेको हो ।
साथै, बैंकको सोही सभाले सञ्चालक सीता कार्कीले दिएको राजिनामालाई पनि स्वीकृत गरेको छ ।