ग्राहकको रोजाईमा पर्न छोड्यो बजाज मोटरसाइकल, ५० प्रतिशतले घट्यो हंसराज हुलासचन्दको आम्दानी

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको आम्दानीमा निरन्तर ओरालो लागि रहेको छ । शेखर गोल्छाको ५३ प्रतिशत स्वामित्व रहेको कम्पनीको आम्दानी निरन्तर खस्की रहेको हो । नेपाली अटो बजारमा प्रतिस्पर्धा गर्ने नसक्नु र गुणस्तरीयता समेत खस्किँदै जाँदा कम्पनीले उत्पादन गर्ने मोटरसाइकलमा ग्राहकहरूको नजर पर्ने छोडेको हो । सन् २०२३ मा कम्पनीको आम्दानी ४९।५५ प्रतिशतले घटेर १० अर्ब ७६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । सन् २०२२ मा भने कम्पनीको व्यापार २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँ रहेको थियो । पछिल्लो समय कम्पनीको उत्पादन ग्राहकले किन्न छोडेपछि डिलरहरू बन्द गर्दै आइरहेको छ । कम्पनीका डिलरहरू काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँहरूका बन्द हुँदै गइरहेका छन् । कम्पनीले नेपालमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधनको विक्री वितरण गर्दै आएको छ । कुनै समय नेपाली बजारमा ठुलो हिस्सा ओगटेको कम्पनी पछिल्लो समय भने सुस्ताउँदै गएको छ । कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा १६ अर्ब ७१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा कम्पनीले ७ अर्ब २० करोड ८० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ । पछिल्लो समय कम्पनीको आम्दानी घट्नुमा ग्राहकहरूको रोजाइमा नपर्नु मुख्य कारण रहँदै आइरहेको छ । अहिले बजारमा आएका … Continue reading ग्राहकको रोजाईमा पर्न छोड्यो बजाज मोटरसाइकल, ५० प्रतिशतले घट्यो हंसराज हुलासचन्दको आम्दानी