पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो स्वीकृति
२५ बैशाख २०८१, मंगलवार १५:२३
काठमाडौँ । पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विद्युत नियमन आयोगले स्वीकृति दिएको हो ।
अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्नेछ । कम्पनीको हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात, ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।