प्रभु महालक्ष्मी लाइफको १.९० लाख कित्ता शेयर बिक्रीमा
२५ बैशाख २०८१, मंगलवार ०८:१३
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रा.लि.को नाममा रहेको एक लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।