पिपुल्स पावरको नयाँ सञ्चालक समिति
२३ बैशाख २०८१, आईतवार १०:१५
काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको बैशाख १७ गते बसेको वार्षिक साधारण सभाले सञ्चालक समिती परिवर्तन गरेको हो ।
कम्पनी सञ्चालक समितिको अध्यक्षमा टंकराज आर्याल निर्विरोध निर्वाचित भएका छन् । साथै, संस्थापक शेयरधनी समुहतर्फबाट रामकाजी श्रेष्ठ, श्रीकृष्ण आर्याल, आरती अधिकारी निर्वाचित भएका छन् ।
साथै, सर्वसाधारण शेयरधनी समुहतर्फबाट उपेन पराजुली, उद्धव भट्ट लगायत निर्वाण शर्मालाई स्वतन्त्र सञ्चालकमा चयन भएका छन् ।